Listen LIVE

हत्या अभियोग लागेका बाँकेमा एकजना १४ वर्षपछि पक्राउ

नेपालगञ्ज : हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट कैद सजाय पाएका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला तोकिएका फरारलाई १४ बर्षपछि पक्राउ गरेका हो ।

बाँके जिल्ला अदालतको मिति २०७३ पुस १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका राप्तिसोनारी गापा वडा नं. ९ बस्ने बर्ष ३० का धनबहादुर थारुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१४ बर्ष ६ महिनादेखि फरार उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया