Listen LIVE

बाँकेबाट सय वटा खसी बोका काठमाण्डौ पठाइयो

नेपालगञ्ज : दसैँका लागि यस वर्ष राप्ती सोनारी गाउँपालिका–६ टेपरीमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थासँग बर्दिया लोकल मिट सप्लायर्सले खसी बोका खरिद गरेर काठमाडौँ पठाएको छ ।

१०० वटा खसी बोका सहकारी मार्फत खरिद गरि बर्दिया लोकल मिट सप्लायर्सलाई बिक्री गरिएको सहकारीकी प्रबन्धक दिव्य गुरुङले बताए ।

प्रत्येक वर्ष राप्ती सोनारीबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । गुरुङका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजी सम्मका बोका खरिद गरी काठमाण्डौ पठाइएको हो ।

जिउँदो खसी र बोका प्रतिकेजी पाँच सय २५ का दरमा खरिद गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया