नेपालगञ्ज : लागु पदार्थ ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण शाही र ३० वर्षीय कौशल रावत रहेका छन् ।
प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुबै जनामाथि कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।
2024-10-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार