नेपालगञ्ज : कोहलपुरमा दुईदिने लागू औषध दुव्र्यसनी न्यूनीकरणका लागी युवा विकास कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगर स्तरिय युवा क्लब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र जारा एजुकेसनल कन्सल्टेन्सी को सहकार्यमा सम्पन्न कार्यक्रम चैत २७ गते सुरु भएको थियो । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी बिकले कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगरका प्रहरी प्रमुख वीरबहादुर थापाले लागू औषधको विषयमा जानकारी दिएका थिए । उनले लागू औषध दुर्वेशनका कारण त्यसका नकारात्मक प्रभाव र समाजले खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी कोहलपुरका सचेत युवा शङ्कर न्यौपानेले लागू औषध प्रयोगको मनोवैज्ञानिक र सामाजिक कारणहरुका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
त्यसैगरी बास नेपालका हेमराज भट्टले लागू औषधको प्रभाव र समाजमा यसको असरको बारेमा चर्चा परिचर्चा गरे । यसैगरी इलाका प्रहरी कार्यालय कोहोलपुरका प्रहरी निरीक्षक हरि भट्टराईले लागू औषध दुर्व्सनी सेवन र बेचबिखनका बारेमा गरिएको कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिए । पहिलो दिनको अन्तिम सत्रमा लागू औषधमा फसेपछि के गर्न सकिन्छ भन्ने विषयमा प्रेम प्रकाश बुढाथोकीले जानकारी दिए । यसैगरी कार्यक्रमको दोस्रो दिन युवाहरूको नेतृत्व र क्षमता विकासका बारेमा कोहलपुर नगरपालिका रोजगार शाखाका प्रमुख आशिष वर्माले सत्र सञ्चालन गरेका थिए ।
यस्तै अधिकारकर्मी साहिल अन्सारीले लागू औषध सम्बन्धि युवाहरूको भूमिका र जिम्मेवारीका विषयमा आफ्ना भनाई राखे । कार्यक्रममा स्थानीय सरकारको भूमिका र लागू औषधको दुर्वेशनी न्यूनीकरणका विषयमा विभिन्न वडाका वडा अध्यक्षहरूबीच छलफल गरिएको थियो । कार्यक्रमको दोस्रो दिनको अन्तिम सत्रमा प्रेम प्रकाश बुढाथोकीले कल फर एक्सन निर्माण कार्यशालाका विषयमा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए । उक्त कार्यशालाले भविष्यमा लागू औषध न्यूनिकरणका लागि साझा कदम चाल्ने योजनाहरू तयार गरिएको थियोे ।
उक्त दुई दिने युवा विकास कार्यक्रममा कोहलपुर क्षेत्रका युवाहरूको उपस्थिति रहेको आयोजना कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार