बर्दिया : भारतबाट अवैधरुपमा ओसार पसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गर्ने भएको छ ।
एक कार्यक्रममा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बढ्दो ब्राउन, सुगर लगायतका लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा सर्च अपरेसन सञ्चालन गरिने बताइन् ।
जिल्लाका आठै पालिकाका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायत सुरक्षाकर्मी सहितको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले उक्त अभियान नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालन गरिने बताइन् ।
बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किमि लामो पर्दछ । सबैभन्दा बढी लागूऔषध ओसारपसार बढैयाताल, गुलरिया र मधुवन नगरपालिकामा हुने गरेको छ ।
2024-08-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार