नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको जानकी गाउँपालिकाबाट एउटा मोटरसाइकलसहित ठूलो परिमाणमा बोइलर कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहत रहेको फरवार्ड बेस साईगाउँबाट सशस्त्र प्रहरी नायब निरीक्षक जीवन पौडेलको कमान्डको टोलीले जानकी–१ साईगाउँबाट एउटा मोटरसाइकलसहित एक क्विन्टल बोइलर कुखुरा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध तस्करी गरेर ल्याइँदै गरेको १ क्विन्टल बोइलर कुखुरा तस्करले सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल र कुखुरा छोडेर फरार भएका हुन् ।
बरामद गरिएको अवैध बोइलर कुखुरा र मोटरसाइकललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
2025-05-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार