नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट प्रहरीले २२ लाख बढी नगद र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मंगलबार राति नेपालगञ्ज–१४ उदयपुरका २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गर्ने क्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ र उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।
बाँके प्रहरीका अनुसार लोनियाको घरबाट प्रहरीले सुन–चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद गरेको हो । साथै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गरेको डीएसपी पातलीले बताए ।
पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको र अन्य ४ जनासँग सामान्य सोधपुछ गरिरहेको डीएसपी पातलीले जानकारी दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार