कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको एक फैन्सी पसलमा आगलागी भएको छ । मेघराज लम्सालको दुई तले भवनमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा आज बिहान साढे ७ बजे आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आगो विद्युत सर्टबाट लागेको प्रारम्भिक अनुमान गरिएको छ । पसल सञ्चालक मेघराज लम्सालका अनुसार आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
हाल आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोहलपुर नगर प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
2025-04-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार