नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाँके प्रहरीका अनुसार भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका–१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
2025-02-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार