नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको जिकिर गरे ।
ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्ष शाहले उल्लेख गरे । ’लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताउँदै उनले भने, ’गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन ।,’ उनले भने ’हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ ।’
पालिकास्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुति गर्ने गरी काम गरिरहेको बताउँदै उाले गणतन्त्रले नरैनापुरको मुहार फेरिएको जिकिर गरे ।
यस्तै कार्यक्रममा सहायक प्रशासकीय अधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामना दिँदै जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठाका साथ क्रियाशील रहेको बताए ।
कार्यक्रममा बडा नं १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का वडा अध्यक्ष अजय मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरीक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजेश्व शाखा प्रमुख मुक्दर अलि मुकेरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मान गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार