Listen LIVE

थारु समुदायमा भलमनसा चयन शुरु

धनगढी : माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम आजबाट थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन् ।

भलमनसाले विकास निर्माणदेखि लिएर गाउँवासीको सुखदुख, भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् । भलमनसाको पदावधि एक वर्षको रहने गर्दछ । 

आजबाट शुरु भएको भलमनसा चयनको काम यो महिनाभरि हुने धनगढी उपमहानगरपालिका–५ जाइँ गाउँका भलमनसा कुलवीर चौधरीले बताए । उनको गाउँमा आजै भलमनसा चयनको काम भएको छ । यसअघिसमेत भलमनसा रहेका चौधरीलाई यसवर्ष फेरि गाउँवासीले भलमनसा बनाएका छन् ।  

गाउँभरिका किसान सहभागी भुरा खेल (भेला) बाट भलमनसा चयन गर्ने गरिन्छ । भलमनसासहित गाउँमा जिम्मेवारी अनुसार काम गर्नका लागि घरिया, चिरक्या (चौकीदार), सचिव र लोहार चयन गर्ने चलन रहेको छ ।

प्रतिक्रिया