Listen LIVE

भेरी नदीमा फसेका चार जनाको उद्धार

डोल्पा : डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरूमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६, पालुङ बस्ने ३३ वर्षीया ललित बोहरा, २६ वर्षीया नन्दप्रसाद बोहरा, ३५ वर्षीया लालकुमार बुढा र ३७ वर्षीया श्यामलाल बोहरा छन् ।

साउन १३ गते बिहान दाउरा लिन गएका उनीहरू नदीमा एक्कासी पानीको बहाव बढेपछि नदीको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो । 

उद्धारपश्चात् उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया