Listen LIVE

नव वर्षका अवसरमा डुडुवा ६ का वडाध्यक्ष मिश्रद्वारा शुभकामना

डुडुवा (बाँके) : डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलगायत सम्पूर्ण वडावासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा वडाध्यक्ष मिश्रले नयाँ वर्षले देशमा सुशासन ल्याउनुका साथै सामाजिक र धार्मिक सद्भाव कायम राख्ने विश्वास व्यक्त गरेका छन् । 

“नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाईचारा, दीगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने हार्दिक कामना गर्दछु ।” वडाध्यक्ष मिश्रले उल्लेख गरेका छन् ।

प्रतिक्रिया