Listen LIVE

नेपालगञ्जका पाँचवटा ठाउँमा ट्राफिक लाइट सञ्चालन

नेपालगञ्ज : सबैभन्दा बढी यातायातका साधन आवागमन गर्ने नेपालगञ्जका विभिन्न पाँचवटा चोकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट सञ्चालन भएका छन् । व्यस्त मानिने नेपालगञ्जको धम्बोझी चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएर सवारी चालक र सर्वसाधारणलाई त्यसको उपयोग बारे सिकाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका वरिष्ठ सई प्रविण आचार्यले धम्बोझी चोकको ट्राफिक लाइट संचालनमा ल्याएर सो बारेमा त्यहाँ आवगमन गर्ने सवारी चालक तथा सर्वसाधारणलाई सिकाउने काम भइरहेको बताए । उनले पहिलो चरणमा धम्बोझी चोकमा लाइट सञ्चालन गरिएको बताए । त्यसपछि क्रमशः पुष्पलाल चोक, गणेशमान चोक, बिपी चोक र राँझा चोकमा पनि सञ्चालन गरिने उनको भनाइ छ । ट्राफिक लाइट संचालन गर्दा एउटा चोकमा कम्तीमा पनि पाँच जना ट्राफिक प्रहरी आवश्यक पर्ने हुँदा जनशक्ति तथा अन्य केही प्राविधिक कारणले नेपालगञ्जमा निर्माण गरिएका ट्राफिक लाइट सञ्चालन हुन नसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपालगञ्जका विभिन्न चोकमा ट्राफिक लाइट जडान भएको करिब एक वर्षपछि हाल आएर सञ्चालन गर्ने प्रक्रिया सुरु गरिएको हो ।

प्रतिक्रिया