राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुस्मास्थित चुना बस्ती ५० जना महिलाहरुलाई स्वास्थ्य सुरक्षाका लागि निःशुल्क फ्रिडम किट ब्याग वितरण गरिएको छ । फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित ’नेपालमा बसोबास गर्ने महिला तथा वालिकाका लागि महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन कार्यक्रम’अन्तर्गत महिनावारीको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य र स्च्छताका लागि रियुजेवल किट ब्याग वितरण गरिएको हो ।
महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको थियो । तीन बर्षसम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामग्री राखिएको छ ।
किट ब्याग वितरण गर्नु भन्दा अगाडि फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाइदा लगायतका बिषयमा फ्लेस कार्डसहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले अभिमुखीकरण गरेका थिए । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले उद्देश्यमाथि प्रकाश गरेका थिए ।
ब्याग वितरण कार्यक्रममा बोल्दै बागेश्वरी वाल आश्रमका सञ्चालिका तारा वलीले निकै न्यून संख्यामा सरकारी तथा गैरसरकारी संस्थाको उपस्थिति रहने उक्त समुदायमा पुगेर फ्रिडम किट ब्याग वितरण गर्ने संस्थालाई धन्यबाद ज्ञापन गरिन् । उनले महिलाहरुका लागि निकै उपयोगी रहेको किट ब्यागको पूर्णरुपमा प्रयोग गर्न अनुरोध गरिन् ।
स्थानीय महिलाहरुलाई महिनावारी भएको समयमा निकै समस्या पर्ने गरेको बताउँदै उनले यसले उनीहरुको समस्या समाधान हुने बताइन् । सहभागीहरुले महिनावारी स्वच्छताका बिषयमा पहिलोपटक जानकारी पाएको प्रतिक्रिया दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार