Listen LIVE

हात्तीको आक्रमणमा किसानको मृत्यु

कञ्चनपुर : हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान  रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए ।

प्रतिक्रिया