नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि राखिएका बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय बीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
विगत तीन दिनदेखि प्रहरीको हिरासतमा रहेका सिंहको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । उनको सोमबार बिहान मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी दीपक पातलीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । ‘मृत्युको कारण केही खुलेको छैन, एक्कासी अस्वस्थ भएपछि अस्पताल लगिएको थियो, उपचारकै क्रममा थुनुवाको मृत्यु भयो,’ उनले भने । सिंहको शवलाई शिक्षण अस्पताल कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ ।
2025-09-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार