Listen LIVE

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

सल्यान : सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलाबाङ्गबाट लुहाम बजार आउँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा भएको थियो । दुर्घटनामा परी  गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र ५२ वर्षीय लाली रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते भएका साहुको गएराती सल्यान जिल्ला अस्पताल र रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा  उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा उपचार भइरहेको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको उनको भनाई छ । 

सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेको जिप सडकदेखि २५ मिटर तल खसेको छ ।

सोमबार बेलुकी जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका–३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा न–४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

प्रतिक्रिया