बर्दिया : बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई(भादा) नदी रामबागमा नुहाउन जाँदा बेपत्ता भएका युवक शुक्रबार मृत फेला परेका छन् ।
बिहीबार बिहान सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी गर्दा शुक्रबार बिहान बेपत्ता युवकको शव फेला पारेको प्रहरीले जनाएको छ ।
बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग नुहाउन भादा जाँदा बेपत्ता भएका थिए । उनी डुबेको ठाउँदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँके शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोतखोरले उनको खोजी गरेका थिए ।
2025-04-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार