Listen LIVE

कान्द्रा नदीमा डुबेर बालकको मृत्यु

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयास्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनोद कडायतको १३ वर्षीय छोरा उपेन्द्र कडायत रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए । उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

प्रतिक्रिया