नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाबाट भरुवा बन्दुक बनाउने विभिन्न औजारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । डुडुवा ६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह सिखलाई भरुवा बन्दुक बनाउने विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरुवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरुवा बन्दुकको चित्र भएको काठ २ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारुद र जंगली जनावरको टाउकोसहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
2024-09-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार