काठमाण्डौ : यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारीबीच भागबण्डा मिलेको छ ।
दुई संगठनबीच भएको सहमतिमा प्रेस चौतारीले केन्द्रीय अध्यक्ष पाउने भएको छ । त्यसैगरी महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकसहित २२ सदस्य प्रेस चौतारीले पाउने सहमति भएको छ ।
सहमति अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिवदेखि अन्य सबै पदाधिकारी र सदस्य प्रेस युनियनले लिने भएको हो ।
त्यसैगरी, ७ वटा प्रदेशमा पनि भागबण्डा भएको छ । जसमा प्रेस चौतारी कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष लिने र प्रेस युनियनले बागमती, गण्डकी,लुम्बिनी , सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठानको अध्यक्ष लिने सहमति भएको छ ।
सहमति अनुसार जिल्ला शाखामा पनि ७७ जिल्लामा चौतारीले ३२ र बाँकि प्रेस युनियनले लिने भएका हुन् । कुम जिल्लामा कसले लिने बारेमा अझै भागबण्डा भइसकेको छैन ।
आज उम्मेद्बारी मनोनयन हुँदैछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार