Listen LIVE

कोहलपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित कोहलपुरमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ दशबिगाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित दैलेख भैरवी गाउँपालिका–३ चकत्रा घर भएका २१ वर्षीय पवन थापा पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया