नेपालगञ्ज : नेपालगञ्जबाट दुई वर्ष जेल सजाय पाएर फरार भएका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–२० मनिकापुरका ६२ वर्षीय सन्तोष अहिर रहेका छन् । जिल्ला अदालत बाँकेले २०४९ वैशाख १८ गते अहिरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो ।
जेल सजाय पाए लगत्तै फरार भएका अहिरलाई नेपालगञ्ज आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । अहिरलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत हुँदै जिल्ला कारागार बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-04-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार