नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले भारत, पिलिभित जिल्ला पुरन थाना पुरनपुर घर बताउने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङगा नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश खड्कालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
2025-09-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार