नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघले पुष ४ देखि १६ गते प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलन गरेर महोत्सव गर्ने जानकारी दिएको हो ।
उद्योग, व्यापार, कृषि, जडिबुटी र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्धन भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा तीन सय स्टल रहने अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायीसमेत एउटै स्थानमा समेटेर महोत्सव आयोजना गर्न लागेको र महोत्सवलाई तीन लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
संघका महासचिव भीमबहादुर रानाभाटले पश्चिम नेपालको उद्योग, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सव गर्न थालेको र महोत्सवबाट औद्योगिक एवं व्यवसायिक क्षेत्रमा नविन उर्जा थपिने बताए ।
संघले साढे दुई दशकदेखि यस्ता महोत्सव गर्दै आएको छ । विगतमा बहुउद्देश्यीय सभा गृह बनाउनका लागि महोत्सव आयोजना गरिन्थ्यो । सभा गृह बनाउने भनेर लिजमा लिइएको सडक विभागको जग्गा सरकारले फिर्ता लिइसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार