Listen LIVE

नेपालगञ्जमा सशक्त बन्दै इ–रिक्सा व्यावसायीको आन्दोलन

नेपालगञ्ज : सम्बन्धित निकायले आफ्ना माग सम्बोधन नगरेको भन्दै नेपालगञ्जका इ–रिक्सा व्यावसायी थप आन्दोलित भएका छन् । आफ्ना मागलाई सम्बोधन गर्न माग गर्दै उनीहरुले नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा नारा जुलुससहित धर्ना दिएर थप आन्दोलन शुरु गरेका छन् । 

रिक्सा व्यावसायीलाई पार्किङका नाममा जमुनाहा नाकामा पार्किङ गरे बापत शुल्क लिएको र पटक पटक सम्बन्धित निकायमा खबरदारी गर्दा पनि आफ्नामाग सम्बोधन नभएकोले थप आन्दोलन गर्नुपेरको इ–रिक्सा संघर्ष समितिका अध्यक्ष रियाज अहमद शेखले बताए । 

उनीहरुले इ–रिक्सा नामसारी उपमहानगरपालिकाबाटै हुनुपर्ने लगायत ३ बुदे माग राखेर आन्दोलन थाले हुन् ।  

नगरपालिका बाहिर सबै इ–रिक्सा व्यवसायी बिच बाटोमै रिक्सा रोकेर आन्दोलन गरेका हुन् । आन्दोलनकारीहरुको समस्या समाधान गर्नुको साटो तानाशाही प्रबृति देखाएको भन्दै इ–रिक्सा व्यवसायी आक्रोशित बनेका छन् । तत्काल आफ्ना मागको सुनुवाइ नभएमा घरमा भएका भाडाकुडा र सपरिवारसहित आएर उपमहानगरपालिका घेराउ गर्ने इ–रिक्सा संघर्ष समितिका शेखले चेतावनी दिए ।

प्रतिक्रिया