नेपालगञ्ज : किशोरीलाई बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी पक्राउ परेका हुन् ।
भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2024-10-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार