Listen LIVE

कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

सुर्खेत : कालीकोटको पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया