नेपालगञ्ज : बाँकेबाट प्रहरीले ब्राउन सुगरसहित २४ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२१ गंगारामपुरूवाबाट २ ग्राम १९० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
2025-10-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार