नेपालगञ्ज : लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्जजयन्तिका अवसरमा निल सागर मानव सेवा आश्रममा साढे चार लाख बराबरको सहयोग गरिएको छ । एरिया नम्बर ४ का लायन्स क्लबहरुले निल सागर मानव सेवा आश्रममा विभिन्न सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीको आयोजनामा आज विहान निल सागर मानव सेवा आश्रममा ४०० थान न्यानो कपडा र करीब ३६ हजार बराबरको खाद्यान्न सहयोग तथा ११ हजार १ सय ११ रुपैयाँ बराबरको विहानको खानाको व्यवस्था गरिएको लायन्स क्लब आफ नेपालगञ्ज सिनर्जीका संस्थापक अध्यक्ष शिव प्रसाद दाहालले जानकारी दिए । निल सागर सेवा आश्रमकी संस्थापक सरिता खनाललाई न्यानो कपडा र खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पूर्व गभर्नर शेमराज शाक्य, मधुसुदन रिजाल, निवर्तमान गभर्नर मुकुट ढकाल, भावी गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, अगुवा लायन्यकर्मीहरु कृष्ण प्रसाद श्रेष्ठ, उमा थापा मगर, नरेन्द्र श्रेष्ठ, सुन्दर गुरुंग, सुष्मा महर्जन, विष्णु प्रसाद श्रेष्ठ, लगायतको उपस्थिति थियो । कार्यक्रम क्लबका अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको पुस २३ गतेदेखि सप्ताहब्यापी जन्मजयन्ति मनाउने क्रममा आज साँझ साढे ५ बजे लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीले न्युरोडस्थित भानुभक्त चोकमा निर्माण गरेको आदिकवी भानुभक्त आचार्यको अर्ध कदको शालिक अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम पनि छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार