नेपालगञ्ज : नेपालगञ्जमा ट्यांकरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार आइतबार साँझ भन्सारतर्फबाट नेपालगञ्ज आउँदै गरेको ना ५ ख ६५९ नम्बरको ट्यांकरले ठक्कर दिँदा नेपालगञ्ज–२२ का १४ वर्षीय बालक कमलेश पासीको घटनास्थलमै मृत्यु भएको हो ।
तिब्र गतिमा आएको उक्त ट्यांकरले साइकलमा रुपइडिहाबाट घरतर्फ आउँदै गरेका कमलेशलाई नेपालगञ्ज–१६ चौलिका चोकमा ठक्कर दिएको डीएसपी पातलीले जानकारी दिएका छन् । कमलेश नेपालगञ्ज–२२ स्थित श्री आधारभूत विद्यालयमा ५ कक्षामा अध्ययनरत थिए ।
ठक्कर दिने ट्यांकर र चालक सुरेश गिरीलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए ।
2025-11-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार