हुम्ला : दुई दिनदेखि अवरुद्ध सिमकोट विमानस्थलको हवाई सेवा आइतबारदेखि सञ्चालनमा आएको छ। बिहीबारबाट लगातार परेको हिउँ हटाएपछि विमानस्थल सञ्चालनमा आएको हो।
दुई दिनदेखि लगातार अवरुद्ध हुँदै आएको हवाई सेवा आइतबार बिहानदेखि सुचारु भएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रबन्धक महेन्द्रबहादुर सिंहले बताए।
हिउँ पन्छाएपछि आइतबार बिहान १० बजे समिट र सीता एयरले नेपालगञ्जबाट यात्रु उडान भरेको उनले बताए। दुवै उडानबाट ३६ जना यात्रु जिल्लामा आइपुगेका छन्।
सडक सञ्जाल जोडिएपछि उडन कम भइरहेको समयमा दुई दिन लगातार हिमपात हुँदा हवाई सेवा ठप्प भएको थियो। उडान सुचारु भएसँगै बिरामी र अत्यावश्यक कामले जिल्ला बाहिर जाने यात्रुलाई सहज भएको छ। सिमकोटमा रोकिएका अन्य यात्रु पनि नेपालगञ्ज गएका छन्।
2025-03-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार