काठमाण्डौ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् । साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको पहिलो निर्णय भएको छ ।
आइतबार पदभार ग्रहण गर्दै उनले यस सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी हुन् । जेन–जी आन्दोलनका क्रममा हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको सरकारी विवरणमा उल्लेख गरिएको छ ।
2025-09-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार