नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा २ जना पक्राउ परेका छन् । रोल्पाको परिवर्तन गाउँपालिका ३ बस्ने बर्ष ३१ को भुपेन्द्रा बुढा मगर र सोही ठाउँको माडी गाउँपालिका ३ बस्ने बर्ष ३० की सम्झना घर्ति मगर पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई खानतलासी गर्दा ५० ग्राम ब्राउनसुगर फेलापारी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप कारवाही प्रक्रिया आगाडी बढाइएको प्रहरीले जनाएको छ ।
2025-03-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार