डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का शंकर सिँह थापाको मरणोपरान्त उनका परिवारलाई विमा रकम हस्तान्तरण गरिएको छ । डुडुवा ६ स्थित निर्धन उत्थान लघुवित्त संस्था लिमिटेडद्वारा सञ्चालित श्री पहाडियनपुर्वा महिला स्वावलम्बी समूहकी सदस्य लक्ष्मी सिँह थापाका श्रीमान् शंकर सिँह थापाको असमायिक निधनपछि एक कार्यक्रमका बीच मंगलवार विमा रकम प्रदान गरिएको हो ।
गत माघ १७ गते मृत्युवरण भएका थापाले उक्त बैंकबाट कारोबार गर्दै आइरहेकाले कर्जा बिमावापतको रकम १४ लाख ३० हजार रुपैयाँ मृतकका छोरा संगम सिँह थापालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
निर्धन उत्थान लघु वित्त संस्था क्षेत्रीय कार्यालयका पदाधिकारी पूर्णबहादुर खड्का र उदयपुर शाखाका म्यानेजर उमानाथ तिमिल्सेनाले विमावापत रकमको चेक संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
डुडुवा ६ की कार्यवाहक वडाध्यक्ष जवन्ती महाउत, समुहकी अध्यक्ष उर्मिला भण्डारी, नेकपा एमालेका जिल्ला सदस्य अशोक थापालगायतको रोहबरमा विमा रकमको चेक हस्तान्तरण गरिएको मृतक थापाका जेठान छविलाल भण्डारीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार