Listen LIVE

बालयौन दुराचारको आरोपमा शिक्षक पक्राउ

बर्दिया : बर्दियामा बाल यौन दुराचारको आरोप लागेका शिक्षक  यामप्रसाद शर्मा कालीकोट जिल्लाबाट पक्राउ परेका छन् । उनी आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।  

शिक्षकले एक १५ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडित बालिकाले आरोप छ ।  पीडित बालिका र परिवारले शिक्षकले यौन दुराचार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढोढरीमा फागुन २७ गते जाहेरी दरखस्त दिएका थिए ।  जाहेरीमा पीडित बालिकालाई घटनाको अघिपछि पनि पटक पटक फोन मार्फत अश्लिल कुरा गर्ने गरेको र गलत आशयले कुरा गर्ने गरेको उल्लेख गरेका छन् । 

आरोपित शिक्षकलाई कालीकोटबाट अड्डासार गरी बर्दिया ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताए । गएराति मात्र उनलाई बर्दिया ल्याएको बताउँदै आज अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान शुरु गरिएको उनले बताए । 

बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार बालयौन दुराचार मुद्दामा दोसी ठहरिए तीनदेखि चार वर्षसम्म कैद र ७५ देखि ८० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया