नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नमुनाका रुपमा साइकल लेन निर्माण गर्ने काम अघि बढेको बताएका छन् । नेपालगञ्ज साइक्लिङ क्लबको सातौं साधारण सभा तथा पाँचौं अधिवेशनको आज नेपालगञ्जमा उदघाटन गर्दै मेयर विष्टले खजुरा रोडको नन्दनी मिलदेखि धम्बोझीसम्म नमुना साइकल लेन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको बताए ।
उनले स्वास्थ्यका लागि साइकल चढ्नु जरुरी रहेको बताउँदै स्वास्थ्य, संस्कृति, पर्यटन र पर्यावरण प्रवद्र्धनमा नेपालगञ्ज साइक्लिङ क्लबले अग्रणी भूमिका खेलिरहेको बताए । मेयर विष्टले क्लबले सञ्चालन गर्ने इभेन्टहरुमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिवाइडी टुर दि ठाकुरद्वाराको मुख्य प्रायोजक बिवाइडी नेपालगञ्जका निर्देशक बसन्त भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका सचिव इन्द्र कुमार गिरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कविराम बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उदघाटन सत्रमा सचिव गिरीले संस्थाको प्रगति विवरणसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्जका प्रमुख सरोज आचार्य लगायतको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज साइक्लिङ क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ता, संस्थापक अध्यक्ष केशर बहादुर आले, संस्थापक उपाध्यक्ष पंकज श्रेष्ठ, संस्थापक सचिव गगन सिंह थापा, संस्थापक कोषाध्यक्ष खिमा थापा, संस्थापक सहसचिव झविलाल शर्मा, संस्थापक सदस्य सतिश निरौला, संस्थापक सदस्य टीएस ठकुरी, लवराज श्रेष्ठ, चन्द्र सुवेदी, बिवाइडी टुर दि ठाकुरद्वाराको मुख्य प्रायोजक बिवाइडी नेपालगन्जका निर्देशक भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।
नेपालगञ्ज साइक्लिङ क्लबले वार्षिकरुपमा टुर डे ठाकुरद्वारा, मेयर कप राष्ट्रिय साइकल दौड, नेपालगञ्ज कोरा लगायतका इभेन्टहरु सञ्चालन गर्दै आइरहेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार