नेपालगञ्ज : बाँके जिल्लाभरबाट ५० सवारीसाधन चोरी भएका छन् । आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म बाँकेमा मात्रै ५० वटा सवारीसाधन चोरी भएका हुन् ।
जिल्ला प्रहरीले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र इ–रिक्सा गरि ५० वटा सवारीसाधन चोरी भएका छन् ।
उक्त समयदेखि हालसम्म बाँकेमा ४२ मोटरसाइकल चोरी हुँदा एउटा कार,३ वटा स्कुटर र ४ वटा इ–रिक्सा चोरी भएका हुन् ।
यता बाँके प्रहरीले सार्वजनिक गरेका मोटरसाइकल नम्बरहरुका मोटरसाइकल कसैले देखेमा प्रहरीलाई खबर गर्न सबैमा आग्रह गरेको छ। अहिले बाँके प्रहरीले चोरी भएका ५० सवारीसाधनको विवरण सार्वजनिक गर्दा चोर र सवारीसाधन पत्ता लगाउन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
तर बाँके प्रहरीले यसअघि चोरी भएका केही सवारीसाधनलाई भने फेला पारे पनि सार्वजनिक विवरणमा जानकारी गराएको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार