नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ बरदहवामा भे. १२ प. ४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ चौधरिया गाउँका २० वर्षीय अनुप कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार मध्ये दुई जना गम्भीर घाइते भएका छन् । घाइते कोहलपुर १५ कै इसम थारु र जीवन थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार निर्माणाधीन नालीको कल्भर्टमा मध्यराती मोटरसाइकल ठोक्किएको थियो ।
2025-01-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार