Listen LIVE

नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु निर्वाचित

नेपालगञ्ज : नेपालगञ्ज जेसीजको नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२६ नेतृत्वको जेसीजको अध्यक्षमा जेसी मोहित बाबु शर्मा निर्वाचित भएका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको  जेसीज नेपालगन्जको नेतृत्व अब मोहित बाबुको काँधमा आएको हो ।

त्यसैगरी वर्ष २०२६ जेसीज नेपालगञ्जको कार्यकारी उपाध्यक्षमा जेसी बिष्णु बुढाथोकी र जेसी आश्विन कोइराला निर्वाचित भएको निर्वाचन आयुक्त रोशन कुमार केसीले जानकारी दिएका छन् ।

निर्वाचन आयुक्त केसीका अनुसार उपाध्यक्षहरुमा जेसी स्नेहा शर्मा, जेसी बादल बाबु शर्मा,जेसी लोकनाथ पोखरेल र जेसी सत्यनारायण थारु निर्वाचित भएका हुन् । नेपालगञ्ज जेसीजमा हाल ५४ जना सदस्य रहेको केसीले बताए ।

जेसीज अधिवेशनबाट निर्वाचित भएकाहरुको कार्यकाल एक वर्षको रहनेछ । निर्वाचित सबै पदाधिकारीहरु नेपालगञ्जमा सफल व्यक्तिका रुपमा परिचित छन् ।

प्रतिक्रिया