बर्दिया : बर्दियास्थित आठवटै पालिकामा द्वन्द्वपीडित महिला तथा बालिकाहरुको समष्टिगत आवश्यकता पहिचान शुरु गरिएको छ । द्वन्द्वको अवधिमा यौनजन्य हिंसामा परेका महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान सुरु गरिएको हो ।
महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी सरकारले दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार आठवटै पालिकाले उपप्रमुखको संयोजकत्वमा गठन भएको उपसमितिले द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचानको काम कार्यान्वयन भएको छ ।
पहिचान गरिएका आवश्यकता स्थानीय तहले सम्बोधन गर्न सक्ने स्थानीय सरकार र सम्बोधन गर्न नसक्ने आवश्यकतालाई प्रदेश र संघलाई सम्बोधन गर्नका निम्ति पहल गर्ने जनाइएको छ ।
द्वन्द्वपीडित महिला तथा बालिकाको आवश्यकता पहिचानको लागि खाका तयार गर्न र गोपनीयता कायम गर्न आचारसंहित बनाउँदा लामो समय खर्चेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताइन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वको अवधिमा यौनजन्य हिंसाका परेका पीडितले उजुरी दिन सूचना खोलेको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताए । ‘गोपनीयता कायम हुने गरी पीडितले सरकारी वकिल कार्यालय, इमेल र आयोगमा आफै उपस्थित भई उजुरी दिने व्यवस्था गरिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘आगामी भदौ ४ गतेसम्म पीडितले उजुरी दिन सक्नेछन् ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार