Listen LIVE

बर्दियामा लागुऔषधसहित ९१ जना पक्राउ

बर्दिया : प्रहरीले गत साउनदेखि फागुन मसान्तसम्म लागुऔषध ब्राउन सुगर, चरेस, गाँजा लगायत टयाबलेटसहित ९१ जनालाई पक्राउ गरेको छ । तीमध्ये तीन जना महिला रहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा प्रहरीले गाँजा १७ किलो ८४ ग्राम, चरेस २ किलो १ सय ६ ग्राम, ब्राउन सुगर ६८ ग्राम ६ सय ९ मिलिग्राम, ट्याबलेट १ सय ४६ वटा र सिरप २ बोतल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केदार खनालले बताए । पक्राउ परेका ७८ जनाविरुद्ध मुद्दा चलाइएको उनले जनाए ।

बर्दियासँग जोडिएको भारतीय बजार बलैगाउँ र लौकाही नाकाबाट सबैभन्दा बढी लागुऔषध ब्राउन सुगर भित्रिएको थियो । चरेस भने नेपाल हुँदै भारत जाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले लागुऔषधविरुद्ध अभियान चलाएपछि कारोबारी र सेवनकर्ता पक्राउ पर्न थालेको हो ।

यसैगरी सोही अवधीमा जिल्ला अदालतबाट विभिन्न मुद्दा फैसला भएका फरार प्रतिवादी १ सय ८४ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया