काठमाण्डौ : नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज (असोज २०) दिउँसो जनाए अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो । यस वर्ष औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो ।
यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो । तर औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो । मनसुन देशभरिबाट एकैचाोटि बाहिरिँदैन । यो पश्चिमबाट क्रमशः हट्दै हट्दै अन्त्यमा पूर्व कोशी प्रदेश हुँदै पूरै नेपालबाट बाहिरिन्छ । त्यसपछि मात्र मौसम विभागले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ ।
अहिले भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेग तथा मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायमै छ । गत वर्ष भने मनसुन अक्टोबर १२ तारिखका दिन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको थियो । मनसुन बाहिरिएपछि मुलुकमा पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद् बताउँछन् । मनसुनी वायुचाहिँ पूर्वी वायु हो । जुन हरेक वर्ष नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरी देशभर फैलिने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार