Listen LIVE

स्रोत नखुलेको तीन लाख रुपैयाँसहित दुई जना भारतीय पक्राउ

बर्दिया : स्रोत नखुलेको नेपाली रकमसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–८ आशापुरबाट जाँचका क्रममा सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भारतीय नागरिकको नाम गोप्य राखिएको छ । भारतीय मोटरसाइकलमा आईरहेका दुई जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ लाख २२ हजार नेपाल रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति मानबहादुर शाहीले बताए ।

बरामद रकमको स्रोत नखुलेपछि आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको गणपति शाहीले जनाए ।

प्रतिक्रिया