नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिमाणम अवैध बोइलर कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं.३० ण बागेश्वरी बाँके र बिओपी बढैयाबाट खटिएको टोलीले भारतबाट तस्करी गरेर ल्याइएको ४ क्विन्टल बोइलर कुखुरा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नं.३० गणले दिएको जानकारी अनुसार करिब १ लाख ६० हजार रुपैयाँ बराबरको कुखुरा जानकी गाउँपालिका–१ स्थित किरण नाला पुल नजिकैबाट बरामद गरिएको हो। उक्त कुखुरा नेपाल–भारत सीमाको ३६ नम्बर पिलर हुँदै ल्याउदै गरा समातिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको अवैध कुखुरालाई आबश्यक कारबाहीका लागि नेपालगञ्जस्थित क्वारेन्टाइन कार्यालय पठाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।
2025-04-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार