नेपालगञ्ज : बागेश्वरी महाआरतीको १०० संस्करण भव्यरूपमा सञ्चालन गर्ने बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिले नेपालगञ्जमा शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो जनाएका हो ।
पत्रकार सम्मेलन बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष ओम प्रकाश अजादले गत २०७९ माघ १६ गतेदेखि सुरू भएको बागेश्वरी मन्दिर महाआरती आउने पुष ८ गते १००औं संस्करण पुग्ने दिनलाई विशेष महाआरती मनाइने बताएका छन् ।
पत्रकारहरको जिज्ञासामा बागेश्वरी मन्दिर गुठि ब्यवस्थापन समितिका सदस्य सचिव गोपाल अधिकारीले विभिन्न धार्मिक एवं समाजिक संघसंस्था, ब्यक्तिबाट माहाआरती सञ्चालनका लागि १९ लाख ८५ हजार ९ सय १८ रूपैयाँ प्राप्त भएकोमा १७ लाख ५ हजार १ सय ९३ रूपैयाँ खर्च भएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिह हमालले विशेष महाआरतीको अवसरमा १००औं संस्करणसम्म पुर्याउन सहयोग गरेका समाजिक संघसंस्था, ब्यक्तिहरूलाई सम्मान गर्ने, धार्मिक संस्कृति आयोजना गरिने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार