नेपालगञ्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नेपालगञ्जको नगर अध्यक्षमा मान बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
नेपालगञ्जमा आज सम्पन्न अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नगर उपाध्यक्षमा हेमन्तराज काफ्ले, सचिव विज्ञान शाह, सहसचिव संजिवकुमार गुरुङ, कोषाध्यक्ष मनोहर चन्द र सह–कोषाध्यक्षमा पवन गौतम निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा चेतलाल गिरी, सुशील कुमार बर्मा, ध्रुबराज गौतम र नमराज शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
2024-12-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार