सुर्खेत : सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन् ।
शनिवार राती १ः३० बजेतिर घटीत घटनापछि ठाडाले आफैं प्रहरीलाई फोन गर्दै सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएका थिए । फोन गर्नुअघि ठाडाले वडाध्यक्षलाई समेत सम्पर्क गरी प्रहरीको नम्बर मागेका थिए ।
जानकारी पाउनासाथ नगर प्रहरी र करेखोला प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले विहान करिब २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चिर्पट प्रहारबाट हत्या भएको देखिएको छ । घटनाको स्पष्ट कारण नखुले पनि मानसिक तनाव र पारिवारिक विवादले यो घटनामा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।
प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको र घटनाका अन्य पक्षबारे पछि विस्तृत विवरण आउने जनाएको छ । समाजमा बढ्दै गएको मानसिक समस्या र पारिवारिक कलहले यस्ता घटना दोहोरिनु नपरोस् भनी सचेतना र मानसिक स्वास्थ्य सम्बन्धी पहल आवश्यक देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार