दाङ : तुलसीपुर उपमहानगरपालिका –१ मा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको सोही वडाको कुमालगाउँ भमके निवासी ५५ वर्षका लोकबहादुर परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परियार बिहीबार बिहान ९ बजेतिर घरदेखि करिब ६ सय मिटर उत्तरतर्फ बाटोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
परियारलाई बाटोमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
2025-02-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार